Music

आधार भाग २ का गीतहरु

आधार भाग १ को सफलता पछि म्यूजिक नेपालले लिएर आउदैछ , आस्था राउतको नयाँ एल्वम आधार भाग २ ।

एल्वममा समावेश गीतहरुमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको शब्द अनि सङ्गीत रहेको छ ।

दशै आयो तिहार आयो , कल धारा, हवाई जहाजको टिकट, सिमाना, राम साइली, नाकैमा फूलि, कोछ यहाँ र झल झल गर्ने कम्पनि माला बोलको गीतहरु रहेका छन् ।

यी गीतहरु मध्येको छ यहाँ बोलको गीतमा भने आस्था राउतकी आमा सावीत्री राउतको शब्द रहेको छ ।बाँकी ७ वटा गीतहरुमा सुरेश अधिकारीको सङ्गीत अनि शब्द समावेश छ ।

आधार भाग २ मा रहेका गीतहरु मध्ये दशै आयो तिहार आयो बोलको गीतको म्यूजिक भिडियो म्यूजिक नेपालको युट्यूव च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अन डिमाण्ड एप्मा सुन्न अनि हेर्न सक्नुहुनेछ । 

दोस्रो गीतको भिडियो निर्माण भइसकेको छ र उक्त भिडियोलाई विमोचन कार्यक्रम मार्फत सावर्जनीक गरिने कार्यक्रम रहेको छ।