Music

आधार भाग २ एल्बम सार्वजनिक

चर्चित गायिका आस्था राउतको आधार भाग २ एल्बम सार्वजनिक भएको छ ।

म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहिबार नेपाल म्यूजिक सेन्टर पिङ्लास्थानमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

हाँस्यकलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा संगीतकार सुरेश अधिकारी गायक राजु लामा आस्थाका बुवा हरि बहादुर राउत र आमा साबित्री राउत लगायतले एल्बम सार्वजनिक गर्नुभयो ।कलाकार हरिवंश आचार्यले आस्थाको स्वर फरक रहेको भन्दै प्रशंसा गर्नु भयो ।

एल्बममा दशै आयो तिहार आयो हवाइ जहाजको टिकट सिमाना रामसाइलीनाकैमा फूलीको छ यहाँ र झल झल गर्ने बोलका गीत छन् ।यी गीत मध्ये को छ यहाँ  बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द छ ।बाँकी गीतमा सुरेश अधिकारीको शब्द छ ।

कार्यक्रममा नाकैमा फुली गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्कालाई फिचरिङ गरिएको छ ।भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।

भिडियो हेर्नका लागि र एल्वममा रहेका गीतहरु जुकबक्समा हेर्न म्यूजिक नेपालको युट्युव च्यानलमा जान सक्नुहुनेछ ।