Music

विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा सार्वजनिक

विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा सार्वजनिक
चर्चित गायक विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा बोलको गीत सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुती रहेको गीतलाई एलपी जोशीले संकलन तथा परिमार्जन गर्नुभएको हो । पूर्वेली लोकलयमा आधारीत गीत पहिलो पटक एलपी जोशीले
गाउनुभएको र सोही गीतको शब्द, सङ्गीत मन परेकाले आफुले रि रेकर्ड गराएको गायक विधान श्रेष्ठले बताउनुभयो । सुव्रत राज आचार्यले निर्देशन गर्नुभएको म्यूजिक भिडियोमा जिवन आचार्य र जिविका कार्कीले अभिनय गर्नुभएको छ । यसै साता सार्जजनिक गरिएको म्यूजिक भिडियो, म्यूजिक नेपालको युट्यूव च्यानलबाट हेर्नुका साथै म्यूजिक नेपालको गीत एप् र म्यूजिक नेपाल एप्बाट सुन्न सक्नुहुनेछ ।