Music

राम कृष्ण ढकालको बैशालु ब्यथा

नेपाली सुगम संगीतका लोक प्रिय गायक राम कृष्ण ढकालको नयाँ गीत बजारमा आउँदैछ ।

म्यूजिक नेपालको प्रस्तुती रहेको समय  नामक एल्बममा समावेश बैँशालु व्यथा बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो ।

जसमा, आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ ।

गायक ढकालको ओराली लागेको हरिणको चाल भो, विहान उठ्ने वितीक्कै हिमाल देख्न पाइयोस् , हाम्रो सुन्दर संसार थियो , माया गर्नेको चोखो माया पनि देखियो , यसै गरि रिसाउदा नि आफ्नै  खुसी हुँदा नि आफ्नै  जस्ता गीतहरु निक्कै नै चर्चित छन् ।

गायक ढकालका गीतहरु हेर्नका लागि म्यूजिक नेपालको  युट्यूव च्यानलमा जानुहोस् ।