Music

रन्जित गजमेरको ‘कृति’ सार्वजनिक

कुनै समय रन्जितगजमेरको सङ्गीतको युग थियो, एक्लो युग थियो । उनका लयले सारा नेपाली मन र भावनालाई यसरी बाँध्थे मानौँ श्रोताकुनै गीत सुनिरहेको छैन कुनै वेदको मन्त्र सुन्दै तपस्चर्यामालीन छ । रन्जितको सङ्गीत संग मिसिएर जब कुसुम गजमेरका शब्दहरू लयको बयली खेल्न थाल्थे श्रोता तपस्चर्याबाट समाधिमा रूपान्तरित भएको बोध गथ्र्यो । मायाको तपस्यामा ।

तर यो रन्जित र कुसुमको दोभानको एउटा सबल र सर्वस्वीकृत पाटो मात्रहो । खासमा यो जोडी नेपालीमनका भाका र भावलाई सङ्गीतको तरङ्गमा श्रोतालाई तरङ्गित पार्ने जोडी हो । कहिले नचाउने, कहिले रुवाउने र कतिपय अर्थमा त मायाको निम्तो दिने उपयुक्त शब्दहरू नपाइरहेका प्रेमिल जोडीलाई पनि मायाको बाटो खोलीदिने गीत–सङ्गीत उमारिदिने साङ्गीतिक जोडी हो ।

मायाभित्र अनेकौँ अर्थ र आयाम हुन्छन्, अनगिन्ती मोड र मुड हुन्छन् ती सबै अर्थ र आयाम, मोड र मुडलाई छोएर गीत–सङ्गीतमा सलल बग्ने जोडी हो रन्जित–कुसुमको जोडी । तर रन्जितगजमेरको आज प्रकाशित एल्मब ‘कृति’उनले बोकि आएको या पस्कि आएको साङ्गीतिक कृतित्वको धरातल भन्काअलि फरक छ । हो उनले‘कृति’मा पनि पुरानै लोकभाकाको जगमा उभिएर लय उमारेका छन् तर यसको लय विधान र प्रस्तुति एकदमै फरक छ । नेपाली मनकै भाकामा उनले सुटुक्क आफ्नो मौलिकतापनि झङ्कृत गराएका छन्, नेपाली कानले सुन्दासुन्दै थाहै नपाई हृदयमा ‘पोस्ट’ गरिदिने लय ।

त्यसैले उमेरले नेटो काट्न लागेको या अनुभवले पौड बनाएर पनिकत्ति पनि थाकेका देखिँदैनन् रन्जि तगजमेर । चालीसका दशकमा नेपालीचलचित्रमा एकछत्त राजगर्ने उनै ‘मेलोडियस’ रन्जितगजमेर फेरि फर्केर आएका छन्– ‘कृति’मार्फत् । यसको अर्को विशेषता नेपाली गीत–काव्य आकाशका ध्रुवतारा अगमसिंह गिरीलाई पनि उनको एउटा गीतमा उनले स्मरण गरेका छन् । यो स्मरण आजका पुस्ताका लागि आफैँमा ठूलो उपहार हो । स्रष्टाको महत्वलाई बुझेर यस्तो उपहार दिने उनको पुस्ताको सङ्गीतकार पनि अब त उनीमात्र हुन् सायद ।

जसले यो दायित्व पूरा गर्न सक्छ । कुनै समय रन्जित गजमेरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’कविता (‘कुनमन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो’)कविताका हरफहरूमा छापिएको साहित्यलाई सङ्गीतको सुरमा ब्यूँझाएर अमर बनाइदिए । यति भनिसकेपछि सङ्गीतकार रन्जित गजमेरकाबारेमा थप केही कुरा भन्नु आफैँमा अर्थहीन छ ।

यति चाहिँभन्दा अतिशयोत्ति mनहोला– कुनै समय अनेकौँ गायक–गायिकाहरूलाई आफ्नो लयमा बाँधेर सुरको सगरमाथा चढाइदिने तिनै रन्जित गजमेरले नवगायिका स्वरुपा आशालाई सङ्गीतको आकाशमा उड्ने कलात्मक प्वाँख हालिदिएका छन् । यो आकाशमा कहाँसम्म र कहिलेसम्म उड्ने हो– त्यो स्वरूपाको साधना र लगनमा भर पर्छ ।

यतिमात्रै होइन यस एल्बममा झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध चर्चित व्याण्ड कन्दराका चर्चित गायक विवेक श्रेष्ठको स्वरलाई पनि सुन्न सकिन्छ । ६ ओटा हिट एल्बम दिएका श्रेष्ठको आवद्धताले पनि यस एल्बममा समावेश गीतहरुलाई झनै लोकप्रिय नबनाउला भन्न सकिन्न ।