Music

यम बरालको नाता कुनैमा बोलको गीत आउँदै

लोकप्रिय गायक यम बरालको नयाँ गीत बजारमा आउँदै छ ।

आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको नाता कुनैमा  बोलको गीत केहि दिनमा म्यूजिक नेपाल मार्फत आउन लागेको हो ।

बादलुको घुम्टोले इलाम बजार छेकिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदायहि  गीतबाट सांगीतिक  आकाशमा  उदाएका हुन् यम बराल ।

करिब डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा लागि परेका गायक बराल नेपाली संगीत क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन ।

सुमधुर र सदाबहार गीतहरू नेपाली संगीत क्षेत्रमा दिनुभएका गायक बरालको पुरानो लोकप्रियता फर्काउनको लागी यस समय  एल्बममा समावेश गीतले राम्रो कदम चाल्ने देखिन्छ ।