Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो

Home

Blog Details

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो

November 5, 2019

झण्डै तीन दशक देखि सञ्चालीत म्यूजिक नेपालको रेकर्डिङ स्टुडियोले लाखौ गीतहरु रेकर्ड गराएको छ । चर्चित तथा लोकप्रिय गायक गायिकाहरुको स्वरलाई रेकर्ड गराउदै आएको म्यूजिक नेपालको स्टुडियोले अझै पनि कैयौ सुपरहिट गीतहरुको सिर्जना गर्दै आइरहेको छ । नारायण गोपाल ,राम कृष्ण ढकाल ,अन्जु पन्त ,प्रमोद खरेल ,प्रविशा अधिकारी , मेनुका पौडेल हुदै पुराना र नयाँ श्रष्टाहरुको गीत सङ्गीतलाई रेकर्ड गराउने मिक्सीङ गराउने कार्यलाई निरन्तरता दिइरहेको छ । कुन्ति मोक्तानका सवै जसो एल्बम म्यूजिक नेपालको स्टुडियोमानै रेकर्ड गराइएका हुन् , यति मात्र नभई गीतहरु रेकर्ड गराउने , मिक्सीङ गरेर तयार पारिनुका साथै जिंगल र एड्भरटाइजमेन्ट बनाउने जस्ता कामहरु पनि हुने गरेको बताउछन् रेकर्डिष्ट रजय गुरुङ । नेपाल भरिका धेरै जसो गायक गायिका ,सङ्गीतकार , गीतकारहरुले यहाँको स्टुडियो बाट गीत सङ्गीतको काम गरि सकेका छन् । म्युजिक नेपालको स्थापना काल देखि नै सञ्चालीत रेकर्डिङ स्टुडियोमा राम्रो क्वालीटीको उपकरणहरु जडान गरिएको छ भने यहाँबाट हुने कार्यहरु छिटो तथा सरल तरिकाले हुन्छ ।

Tags :

Share :