Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

म्यूजिक नेपालको युट्युबसम्बन्धी अत्यन्त जरुरी सूचना

Music Nepal

Blog Details

म्यूजिक नेपालको युट्युबसम्बन्धी अत्यन्त जरुरी सूचना

August 11, 2019

म्यूजिक नेपालको युट्युबसम्बन्धी अत्यन्त जरुरी सूचना

  विगत केही समयदेखि म्यूजिक नेपालको यूट्युब च्यानलमा राखिएका गीत तथा भिडियोबारे फेसबुक आदि सामाजिक सञ्जालमार्फत स्रष्टा–कलाकारका बेलाबेलामा हुने नकारात्मक टिप्पणीबारे हाम्रो ध्यानाकर्षण भएको छ । डिजिटल प्रविधिको विकासका कारण सङ्गीत व्यवसायमा आएको परिवर्तित स्थितिमा म्यूजिक नेपालले केही समयदेखि कन्टेन्ट एग्रिग्रेटरको भूमिकामा अन्य व्यक्ति वा कम्पनीबाट प्राप्त साङ्गीतिक सामग्रीहरूको बजार व्यवस्थापन गर्दै आएको कुरा सर्वविदितै छ । सोही अनुरूप हालसम्म म्यूजिक नेपालको यूट्युब च्यानलमा एक हजारभन्दा बढी कम्पनी तथा व्यक्तिहरूबाट सम्झौता मार्फत प्राप्त सामग्री प्रकाशित गरिएको छ । ती भिडियो तथा गीतसङ्गीतको बिक्री वापतको आम्दानी सम्झौताअनुसारको प्लाटफर्म फि कट्टा गरी बाँकी रकम सोझै सम्बन्धित व्यक्ति वा कम्पनीलाई उपलब्ध गराइँदै आइएको छ । म्यूजिक नेपालले यस्ता कम्पनी वा व्यक्तिबाट सम्झौता बमोजिम प्राप्त गीतसङ्गीतका सामग्रीहरूको युट्युब व्यवस्थापनमा एक सहयोगीको भूमिका मात्र निर्वाह गरिदिने हुँदा म्यूजिक नेपाल यूट्युब च्यानलमा प्रकाशित कुनै पनि सामग्रीबारे आफ्नो हक दावी भएमा जुन कम्पनीसँग करार भएको हो, सोही कम्पनीसँग सम्पर्क गर्नु भै विवाद सुल्झ्याउनु हुन अनुरोध गर्दछौँ । कदाचित सम्बन्धित व्यक्ति वा कम्पनीसँगको छलफलबाट विवाद नसुल्झिएको अवस्थामा म्यूजिक नेपालको अनामनगरस्थित कार्यालय वा complain.musicnepal@gmail.com मार्फत जानकारी गराउनुभएमा हामी मध्यस्थता गरी विवाद सुल्झ्याउन पूर्ण सहयोग गर्ने व्यहोरा जानकारी गराउँदछौँ । यो म्यूजिक नेपालसँग सोझै गरिएको सम्झौता नभएका कारण कुनै पनि पीडित पक्षलाई यससम्बन्धी आपसी विवादमा सरोकारवाला कम्पनी वा व्यक्तिमार्फत नै निराकरणको बाटो खोज्न आग्रह गर्दछौँ । साथै, यस्ता विवादमा म्यूजिक नेपालको मध्यस्थकर्ता बाहेक अन्य कुनै भूमिका नहुने हुँदा यस्ता विवादमा यस संस्थालाई उत्तरदायी नबनाउनु हुन समेत हार्दिक अनुरोध छ । स्रष्टा–कलाकार र कम्पनीबीच भएको करार  अनुसार नै साङ्गीतिक सामग्रीको प्रयोग गर्न म्यूजिक नेपाल सदा प्रतिवद्ध रहने व्यहोरा जानकारी गराउँदछौँ । म्यूजिक नेपाल, अनामनगर, काठमाण्डौ, फोन  ५७०६३०९÷५७०५०४९

Tags :

Share :