Music

प्रेमध्वज प्रधानको साङ्गीतिक सक्रियता

प्रेमध्वज प्रधान मखमली आवाजका धनी, प्रसिद्ध नेपाली गायक हुन् ।
आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने र हेर्ने गरिन्छ । घुम्तीमा नआउ है , तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरु, माया नमारे मायालु, जस्ता चर्चित गीतहरु गाउनुभएका प्रधानको नयाँ गीत समय एल्बममा सुन्न सकिन्छ ।

केहि समयमा बजारमा आउन लागेको छिनको भेट बोलको गीतमा ८३ वर्षीय प्रधानको स्वर सुन्न पाइन्छ ।
साथै उक्त गीतमा शब्द एसपी कोइराला र सङ्गीत आलोक श्री को रहेको छ ।
साङ्गीतिक परिवारमा हुर्कनुभएका प्रधानलाई नेपाली सङ्गीतको गर्विलो इतिहासका रुपमा पनि लिने गरिन्छ ।
प्रेमध्वज प्रधानले सुगम संगीत त गाउनुभएको छ नै त्यो सँगै मातृभाषाका गीत, स्वदेशगान र चलचित्रका गीत पनि गाउनुभएको छ ।
बहुचर्चित ‘राजमति कुमती‘’ पनि प्रधानले गाएको गीत हो ।