Music Nepal

छठ पर्व आज देखि सुरु

आस्थाको महापर्व छठ पर्व आज देखि सुरु भएको छ।

छठ अन्तर्गत आज पहिलो दिन नहायखाय विधि गरिन्छ ।

छठ पर्व अत्यन्त श्रद्धा र भक्ति पूर्वक मनाइन्छ ।यसका लागि कात्तिक शुक्ल पक्ष लाग्ने बित्तिकै श्रद्धालुव्रतालुले सात्विक भोजन गर्छन्र विशेष यो पर्वको वेला दाल, तरकारी र साग पात आदि खाँदैनन् । 

आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ ।चोखोपना , संयम र पूर्णब्रहृमचर्य साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ ।

छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुन्छ भन्ने मान्यता रहि आएको पाइन्छ ।

झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराण अनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो ।

छठ सम्बन्धी गीतहरु हेर्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।