Music

चर्चित गायिका आस्था राउतको नयाँ एल्वम आधार भाग २ छिट्टै नै बजारमा आउँदै छ ।

आधार भाग २

चर्चित गायिका आस्था राउतको नयाँ एल्वम आधार भाग २ छिट्टै नै बजारमा आउँदै छ ।

म्यूजिक नेपालको प्रस्तुती रहेको यो एल्वम कात्र्तिक ७ गते सार्वजनीक गरिने कार्यक्रम रहेको छ ।

एल्वममा ७ वटा गीतहरु समावेश छन् , जसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा शब्द रहेको छ । यो एल्बमको भने एउटा गीतमा आस्था राउतको आमा सावीत्री राउतको शब्द रहेको छ ।

म्युजिक नेपालले एक समारोहको आयोजना गरेर एल्वम विमोचन गर्ने तयारी गरेको छ ।

एल्वममा समावेश दशै तिहार बोलको गीत भने यसअघि नै सार्वजनिक भइसकेको छ।  उक्त गीतलाई म्यूजिक नेपालको यु ट्यूव च्यानलका साथै  मुभी एण्ड मस्ती र नेपाल अन डिमाण्ड एप् मार्फत हेर्न र सुन्न सक्नुहुनेछ ।

र आस्था राउतको आधार भाग २ को दोस्रो गीत Amazon Prime मा पनि उपलब्ध छ, हेर्न र सुन्न सक्नुहुनेछ ।