Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

केशव भट्टराई प्रति, भावपुर्ण श्रद्धाञ्जली

Music Nepal

Blog Details

केशव भट्टराई प्रति, भावपुर्ण श्रद्धाञ्जली

December 14, 2019

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन प्रति म्यूजिक नेपाल परिवार गहिरो समवेदना प्रकट गर्दछ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो ।उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो ।अस्पताल पुर्याइएका उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । ५४ वर्षिय भट्टराईका एक पत्नी र एक छोरा रहेका छन् ।निर्माता तथा कलाकार समेत रहनु भएका भट्टराइले पछिल्लो पटक चलचित्र यात्रा निर्माण गर्नु भएको थियो ।उहाँले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । भट्टराइ करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनुभएको थियो। तीन दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराइले बनाएका चलचित्र आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवर बाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल लगायत छन्।भट्टराइले दर्जनौ चलचित्रमा अभिनय समेत गर्नुभएको छ । उहाँको आजै अन्त्येष्टि गरिने छ। भट्टराईको असमायिक निधनले म्यूजिक नेपाल परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति श्रद्धा सुमन अर्पण गर्दछ।

Tags :

Share :