Music

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक,
चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको चन्द्रकोटकी नानी
गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
म्यूजिक नेपालको प्रस्तुती रहेको भिडियोमा अहिलेकी चर्चित मोडल
अलिशा राईको अभिनय हेर्न सकिन्छ । साथै प्रसन्न पौडेलले निर्देशन गरेको
म्यूजिक भिडियो पोखरा अनि काठमाण्डौमा सुटिङ गरिएको विवेक श्रेष्ठले
जानकारी दिनुभयो ।
झण्डै दुईवर्ष लगाएर तयार पारिएको उक्त भिडियोमा गायक विवेक श्रेष्ठ
स्वयमले पनि अभिनय गर्नुभएको छ ।
चन्द्रकोटकी नानी बोलको गीतको अडियो भने दुई वर्ष अघि नै सार्वजनिक
भइसकेको हो । वरिष्ठ गीतकार विनोद गौचनको शब्द अनि सुनिल
थापाको सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियो स्वर्गीय गौचनप्रति
श्रद्धाञ्जली स्वरुप सार्वजनिक गरिएको श्रेष्ठको भनाई छ ।
भेडीगोठ नामक एल्बममा समावेश ८ गीतमध्ये चन्द्रकोटकी नानी तेस्रो
म्यूजिक भिडियो हो । बाँकी गीतहरुको पनि भिडियो केहि समयपछि
तयार गरिने श्रेष्ठले बताउनुभयो ।
झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध श्रेष्ठले गाउनुभएका प्राय सवै
गीतहरुले चर्चाको शिखर बटुलीसकेका छन् । यसअघि ६ ओटा हिट
एल्बम दिइसकेको कन्दरा ब्याण्डले लेककी हे माया, हङकङ