Current News

देश तथा विदेशमा बस्नु हुने हाम्रा समस्त स्रष्टा–कलाकारहरू, हामीसँग जोडिनुभएका सम्पूर्ण पार्टनर कम्पनीहरू, हाम्रा सेवाग्राही दर्शक–श्रोताहरू तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै यो जानकारी गराउँदा हामी अत्यन्त गौरवान्वित अनुभव गरिरहेछौँ । र, सबैबाट भविष्यमा पनि यस्तै साथ र सहयोग अपेक्षा गर्दछौँ ।

News Archive

नेपाली गीतहरुको कुरा गर्दा म वि वि शाहको गीत “आकाशका तिरमिरे तारा” भारतका प्रख्यात सङ्गीतकार हेमन्त कुमारको संगीतमा स्वर किन्नरी लता मंगेशकरको आवाजमा पहिलो नेपाली गीत रेकर्ड भएको थियो । त्यसपछि सन १९६६ मा भारतीय प्रसिद्ध सङ्गीतकार जयदेवको संगीतमा नेपाली चलचित्र माइतीघरका लागि “जुन माटोमा मेरो तिमीलाई शुभकामना” बोलको गीत रेकर्ड भएको थियो । जसमा शब्द म वि वि शाहकै रहेको छ भने आवाज उनै स्वरकिन्नरी लताले नै दिएकी थिइन ।

स्व. राम थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको सम्झनामा म्यूजिक नेपालले चर्चित गीत ‘कति बस्छौ माईतीकै कौशीमा’ लाई पुनःअलि परिमार्जित गरी बजार ल्याएको छ । स्व. राम थापाको आवाजमा सजिएको यो क्ययि गीतलाई अहिले युगल गीतका ?पमा प्रस्तुत गरिएको छ । गायक तथा सङ्गीतकार भिम विष्टले यस गीतमा थप सङ्गीत गरी नारी स्वरका लागि थप शब्द रचना गरेका छन । उदय राज पौडेलले सङ्गीत संयोजन गरेको यो गीतलाई नयाँ आवाज गायिका अञ्जु पन्त र हिमाल श्रेष्ठले दिएका छन् । यस गीतमा कलाकार केदार शर्मा, (माग्ने बुढा), दिपाश्री निरौला, निर्मल शर्मा (गैँडा) लगायतका कलाकारह?ले अभिनय गरेका छन भने यो ःम्यूजिक भिडियोलाई ‘छक्का पञ्जा’ टिमले प्रोडक्सन गरेको छ । टेकेन्द्र शाहको दृष्य सम्पादन रहेको यो म्यूजिक भिडियोलाई तपाइले म्यूजिक नेपालको थ्यग त्गदभ ऋजबललभ िमा आजैबाट सुन्न र हेर्न सक्नुहुन्छ ।

गायिका आस्था राउतको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’मा समावेश गरिएको छ । गीतमा महाराज थापाको एरेन्ज छ ।

एक समय निरन्तर चर्चित र हिट गीतहरू पस्केर पनि ओझेलमा परेका सङ्गीतकार हुन् आशिष अविरल । उनको व्यक्तिगत जीवनलाई खोतल्ने हो भने सङ्घर्षले भरिपूर्ण छ । सुरुवातमा उनले सङ्गीत आफ्नै घरपरिवारबाट नै सिके भने पछि आएर औपचारिक शिक्षा लिएर उनले आफूलाई यसमा पोख्त बनाए । त्रिभुवन विश्वविध्यालयबाट सङ्गीतमै मास्टर्स गरेका आशिष अविरलले अहिले पनि अतिरिक्त कक्षाहरू अनलाइन र अन्य सङ्गीतज्ञहरूबाट पनि लिएका छन् ।

अहिलेका ख्यातिप्राप्त संगीतकारमध्येका हुन् राजनराज सिवाकोटी । दर्जनौँ हिट गीत पस्किसकेका यी संगीतकारले लगभग चार सयजति गीतमा कर्णप्रिय संगीत भरिसकेका छन् । २०५९ सालमा आफ्नै स्वर, शब्द तथा संगीतमा मायालु आउने जाने बाटोमा बाट नेपाली संगीत क्षेत्रमा पाइला हालेको हुन् राजनले । पप, आधुनिक, लोक, दोहरी, तेहरी तथा चलचित्र आदि सबै विधाका गीतहरूमा संगीत, शब्द तथा आवाज भरेका छन् । ७० को दशकको सुरूवातमा पूनह सुर्के थैली वडा नं। ६ को गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनलाई यही गीतले चर्चाको शिखरमा पुर्याईदियो । र’ नेपाली गीत-संगीत इतिहासमा युट्युबमा करोड भ्युअर कमाउने पहिलो गीत बन्न पुग्यो सुर्के थैली । त्यसपछि उनले नै संगीत गरेको कुटुमा कुटु सुपारीदाना गीतले त झन् अर्को इतिहास रच्यो - नेपाली गीत/संगीतमा सबैभन्दा बढी भ्युअर भएको गीतको रूपमा | अनेकौँ अवार्ड र सम्मानबाट सम्मानित राजनले राजन राईको शब्द र अन्जु पन्तको आवाजको गीत ‘’जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन’’, उनकै शब्दमा नवीन के भट्टराईको ‘’अलि अलिकति पीडा हुँदा नि’’, र अनिल सिंहको ‘’म माया गर्छु’’, राजुबाबु श्रेष्ठको शब्दमा मिलन नेवार र कन्काईष्ट राईको आवाजको गीत मुटुभित्रै देउन मलाई बास ‘’ र, सुर्के थैली’’ गीत विशेष प्रिय लाग्छन् उनलाई । गुन्द्रुक र ढिँडो अनि साँधेको भटमास र चिउरा मनपराउने राजनको मनमा बसेको गीत हो हरिहर तिमील्सिनाको शब्दमा अब आउने गीत गाउँको याद आयो।

२०७६ वैशाखमा पहिलो गीति संग्रह तिम्रो साथ सार्वजनिक गरी गीतकारका रूपमा उदाएका आनन्दराज खनालले हालसालै थप दुईवटा नयाँ गीतहरू सार्वजनिक गरेका छन् । मनोजराज सिवाकोटीको संगीत तथा स्वरमा बुद्ध स्याङ्वाको संगीत संयोजन रहेको पहिलो गीत "कस्तो रहेछ तिम्रो मन" मा मान्छेको मनको चित्रण गरिएको छ ।

ड्रमरका रुपमा ख्याती कमाएका पपुलर ड्रमर हुन सञ्जय श्रेष्ठ । उनी १९७४ ए.डी.का सदस्य हुन र प्रकसनमा छन उनी, रमाइलो स्वभावका सञ्जयले आफ्नो छुट्टै Family Internationale भन्ने Band पनि खोलेका छन् जसले Reggae गीतहरु प्रस्तुत गर्ने गर्दछ । केही बर्ष उनले House of Music पनि चलाएका थिए । अहिले धेरै Artist हरुसँग भेटघाट पनि हुने र Jamup पनि हुने, Music कै वातारणका लागि उनले झम्सीखेलमा Musicology सञ्चालन गरेका छन । सञ्जय श्रेष्ठ लाई आगामी दिनमा अझ बढी सफलताको लागि शुभकामनाका साथै उनको आज जन्मदिनको उपलक्ष्यमा सुख शान्ति र सम्बृद्धिका लागि हार्दिक शुभ–कामना छ ।

छोटो समयमा राम्रो ख्याती कमाउन सफल भएकी मोडल तथा नायिका हुन आँचल शर्मा । थुप्रै नेपाली गीतहरुमा मोडलका रुपमा उनले अभिनय गरेकी छिन भने उनले अभिनय गरेका गीतहरु बजारमा हिट पनि छन र इन्डष्ट्रिमा छाप के प¥यो भने उनले अभिनय गरेपछि गीत हिट हुन्छ । ‘सत्रु गते’ र ‘नाई नभन्नु ल ४’ मा उनले एक मूख्य अभिनेत्रीकैे रुपमा अभिनय गरेकी छिन । यतीबेला उनको यत्रतत्र माग हुँदा हुँदै पनि करिअरको पीकमा पुगेकै वेला उनले सबैलाई छक्क पार्दै उदिप श्रेष्ठसँग पारिवारिक मिलेमतोमा नै धुमधामसँग विवाह गरिन । उनको गृहस्थी जीवन व्यवसायी जीवन दुवैबाट उनलाई सफलता हासिल होुस् भन्ने कामना साथ नायिका आँचल शर्मालाई जन्मदिनको मुरी मुरी शुभकामना – म्यूजिक नेपालको तर्फबाट ।

नेपाली सङ्गीत क्षेत्रका अगुवा प्राध्यपन पेशालाई अंगालेका सङ्गीत क्षेत्रमा धेरै नै योगदान पुर्याएका वरिष्ठ सङ्गीतकार दिपक जंगम तथा बागमती अञ्चलका बाह्रमासे नेपाली लोक गीतहरुको बारेमा PHD गरेकी बिभिन्न पाठ्यक्रम तथा अन्य पुस्तकहरुमा लेखिसकेकी, गीतकार अनामीकाको रूपमा परिचय बनाएकी प्राध्यापक डा. वेनी जंगमको एकमात्र छोरा हुन अजर जंगम ।

ऐना ऐना, भन तिमी किन, रिसाई देउन बिन्ती जस्ता सुपरहिट गीतहरुको गीति-संग्रह “आभाष” अब Music Nepal को YouTube Channel मा! रत्न शम्शेर थापा, यादव खरेल, कृष्णहरि बराल, ईश्वर बल्लभ लगायतका रचना छन् भने अम्बर गुरुङ्ग, चन्द्र राज शर्मा, राम थापा, शुभ बहादुर सुनाम लगायतका संगीत रहेका छन् । यो गीति संग्रहमा रोविन शर्माको साथमा मीरा राणा, सुकमित गुरुङ्ग, प्रतिक कपाली लगायतका आवाज समावेश भएका छन् । यो गीति संग्रह आभाष सुन्न Music Nepal YouTube Channel मा जान सक्नु हुनेछ ।

Feb 13 तारीखका दिन World Day रेडियो दिवस मनाइन्छ। सर्व सुलभ, मनोरन्जन र ज्ञानको भण्डारका रुपमा रेडियोलाई लिइन्छ। यो सबैका लागि सहज हुन्छ। ज्ञान देखि बिज्ञान सम्म, स्वदेशी तथा बिश्व समाचार सम्म, कला देखि कलाकार सम्म, साहित्य देखि संस्कार सम्म, भजन देखि आत्म चिन्तन सम्म, हरेक कुराको ज्ञान दिनुका साथै हरेक पल सर्वसुलभ मनोरंजन दिने मध्यम हो रेडियो र "म्यूजिक नेपाल" को Online Radio Music City 24/7 सुन्न सक्नु हुनेछ, गीत संगीतबाट पूर्ण मनोरंजन तपाईले पाउनुहुनेछ।

नेपाली साङ्गीतीक कोसेलीहरु सुन्नका लागि म्यूजिक नेपालको रेडियो म्यूजिक सीटी सुन्नुहोस्। करिव १ वर्ष देखि सञ्चालनमा रहेको अनलाइन रेडियो म्यूजिक सीटीमा नेपाली चलचित्रका, आधुनीक, पप, लोक हरेक विधाका गीतहरु प्रसारण गर्दै आइरहेको छ।

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो नेपालमा एउटा इतिहास बोकेको स्टुडियो हो। यहाँको जस्तो भव्य स्टुडियो जहाँ, नेपालका सवै कलाकार तथा हस्तीहरुको उपस्थिती नभएको कमै होला। कुसल व्यवस्थापन र अनुभवी प्राविधीकको साथमा गीत निर्माणको हज्जारौ रेकर्डिङको स्तर झनै उत्कृष्ट हुनेमा कुनै दुइमत नहोला, हज्जारौ कलाकारको गीतका साथै धेरै सफल गीतको निर्माण भएको यस स्टुडियोमा अत्याधुनिक उपकरणको प्रयोग भएको पाइन्छ ।

म्यूजिक नेपालको एल्बम सुनमालाले सर्वोकृष्ट गीति संग्रहको अवार्ड जित्न सफल भएको छ । सुनिता कार्कीको स्वर अनि सुरेश अधिकारीको शब्द सङ्गीत रहेको एल्वमले , हिट्स एफएम म्यूजिकअ वार्डस्, एल्वम अफ दि इयरको उपाधि जित्न सफल भएको हो। म्यूजिक नेपालले यहि वर्ष बजारमा ल्याएको सुनमाला एल्वममा रहेका गीतहरु सुन्न र हेर्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।

म्यूजिक​ नेपालको सुचना ||

स्वस्थानी परमेश्वरीको व्रतबसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मीक विश्वासका साथ प्रत्येक वर्ष घर –घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल पूर्णिमा देखि सुरु स्वस्थानी व्रत, कथाको आज सातौ अध्याय हो । आफ्नै गाउँ ठाउँको कथा बताइएकाले नेपालीहरूका लागि स्वस्थानीको छुट्टै महत्त्व छ ।

नेपाली कथानक चलचित्र सीमाना युट्युवमा हेर्न सकिन्छ । म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले सीमाना फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ । चलचित्रमा नेपालका सदाबहार नायकराजेश हमाल, धिरेन शाक्य ,मेलिना मानन्धरको मुख्य अभिनयलाई हेर्न सकिन्छ।

चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सोमबार राति भएको सवारी दुर्घटनामा परी गायक भट्टराईको निधन भएको हो ।दरबार मार्ग स्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर भट्टराई घर फर्कने क्रममा दुर्घटनामा पर्नु भएको हो ।

हाम्रा आफ्ना बालबालीकाहरुलाई सुहाउने नेपाली बाल गीतहरुको जुक् बक्स म्युजिक नेपालको युट्युव च्यानल मा राखिएका छन् । आफ्ना बालबालीकाहरुलाई आफ्ना गाउँ ठाउँका, आफ्नो भाषाका गीतहरु सुनाएर उनीहरुको क्षमता बढाउनुको साथै आफ्नोपनको अनुभव गराउनुहोस् ।

आज पुस २७ राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ९८ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदै छ । गोर्खाली राजा नर भूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं.१७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो।

पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म विधि पूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आज देखि सुरु भएको छ। एक महिना सम्म यही विधि अनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस्भनि भगवतीलाई अर्घ्यदिइने प्रचलन छ।

चर्चित रचनाकार सिन्धु राणाको १३ औ एल्वम मायाको…! यहि शनीबार सार्वजनीक हुने भएको छ। विभिन्न गायक गायिकाहरुको स्वर रहेको उक्त एल्वम म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो। शनीबार एक कार्यक्रमको आयोजना गरेर एल्वमको विमोचन गर्न लागिएको हो।

नेपाली संगीत क्षेत्रमा आफ्ना पाईला चलाउँदै अगाडि बढेकी गायीका हुन सुनीता कार्की । आधुनिक मेलोडी देखि अहिले चलेका बजार तताउने पप गीतहरु समेत गाउने क्षमता बोकेकी गायीका सुनिता कार्की टेलिभिजनमा कार्यक्रम चलाउने कार्यक्रम संचालिका पनि हुन ।

म्यूजिक नेपालले ठेकी भित्र मदानी बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएको छ। चर्चित गायिका अन्जु पन्त र गगन सरगमको स्वरमा रहेको ठेकी भित्र मदानी बोलको गीत यहि शुक्रबार देखि सार्वजनीक गरिएको हो । म्यूजिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र विजु पार्कीले अभिनय गर्नुभएको छ भने भिडियोको निर्देशन सुव्रतराज आचार्यले गर्नुभएको हो। कपिल कश्पालको शब्द रहेको यस गीतमा सङ्गीत भने निम सङ्गीतले दिनुभएको छ। गीतलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गर्नु भएको छ।

नेपाली कथानक चलचित्र म त तिम्रै हुँ युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले म त तिम्रै हुँ फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चर्चित नायक आकाश श्रेष्ठ ,ज्योत्सना योगीको मुख्य अभिनयलाई हेर्न सकिन्छ।साथै सुस्मीता केसीको पनि मुख्य अभिनय रहेको छ।

चर्चित रचनाकारसिन्धु राणाको १३ औ एल्वम मायाको….! केहि दिनमा आउँदै छ। विभिन्न गायक गायिकाहरुको स्वर रहेको उक्त एल्वम म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो। एल्वममा ९ वटा गीतहरु समावेश छन्।जसमा रामकृष्ण ढकाल,विश्व नेपाली,सपना श्री,मिलन अमात्य, आनन्द कार्की,संगीता राना प्रधान,बानिका प्रधान लगायतका गायक गायिकाहरुले स्वर दिनुभएको छ।

साधनाकला केन्द्रले आयोजना गरेको रञ्जित गजमेर र आशा भोस्लेको सांगीतिक यात्रा कार्यक्रम भोलि हुदैछ । भोलिको कार्यक्रमलाई म्यूजिक नेपालको युट्युव च्यानलबाट लाइभ हेर्न सक्नुहुनेछ । आशा र रञ्जितको सहकार्यबाट धेरै गीत तयार भएका छन् । आशाले रञ्जितको संगीतमा नेपाली गीतहरुमा पनि आवाज दिनुभएको छ ।उहाँको आवाजमा ६ ०हाराहारी नेपाली गीत रेकर्ड भएका छन् ।

भारतकी सु- प्रसिद्ध गायिका आशा भोस्ले आज नेपाल आउँदै हुनुहुन्छ। साधना कला केन्द्रको निमन्त्रणामा भोस्ले आउन लाग्नु भएको हो। भोस्लेले शनिबार सङ्गीतकार रन्जीत गजमेरको सङ्गीतमा रहेका केही गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कथानक चलचित्र चिनोको बहुचर्चित गीत मोहनी लाग्ला हैको नयाँ भर्सन म्यूजिक नेपालमा सुन्न सक्नुहुनेछ। मोहनी लाग्ला है को नयाँ एचडी भर्सन अव म्यूजिक नेपालको युट्युव च्यानलमा सुन्न सक्नुहुनेछ।स्वर सम्राट नारायण गोपाल र चर्चित गायिका आशा भोस्लेको स्वरमा रहेको यो गीतमा रञ्जीत गजमेरको सङ्गीत रहेको छ भने शब्द कुसुम गजमेरको छ।

नेपाली कथानक चलचित्र जीतअव युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले जीतफिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चर्चित नायक स्व: श्रीकृष्ण श्रेष्ठ ,रमेश उप्रेती, नायिका बिपना थापाको मुख्य अभिनयलाई हेर्न सकिन्छ। साथै हास्यकलाकार नारायण त्रिपाठी, मीथीला शर्मा अनि निर शाह लगायतको अभिनय पनि रहेको छ।

गन्धर्व भिलेज किर्तीपुरको सहयोगार्थ भोली सारङ्गीको भाका कार्यक्रम हुदैछ । स्व. राम शरण नेपालीको स्मृतीमा हुन लागेको कार्यक्रम लोप हुदै गइ रहेको नेपाली लोक बाजाको प्रवद्धन ,सारङ्गीको प्रचार प्रसार महत्व लगायतका विषय बारे प्रकाश पारिनेछ।

नेपाली आधुनिक संगीतका सूर शिरोमणी भनेर चिनिने संगीतकार नातिकाजी श्रेष्ठको आज ९४ औँ जन्म जयन्ती । बाल्यकाल देखि नै सङ्गीतको सङ्गतमा परेका नातिकाजीले आफ्नो जीवनका अधिकांश समय हार्मोनियमका पर्दा चाल्दै बिताउनु भयो ।

अत्यधिक चर्चामा आएको गीत झम्के गुलेलीलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ । कमली कान्तले आफ्नै स्वर तथा संकलनमा झम्के गुलेली बोलको गीत बजारमा ल्याउनु भएको हो ।झम्के गुलेली गीतबाट चर्चा बटुलेका गायक कमली कान्तका अन्य गीतहरू पनि म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन प्रति म्यूजिक नेपाल परिवार गहिरो समवेदना प्रकट गर्दछ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो ।उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो ।अस्पताल पुर्याइएका उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

नेपाली कथानक चलचित्र सिन्दुर पोतेलाई अव युट्युवमा हेर्न सकिन्छ। म्युजिक नेपालको युट्युव च्यानलमा अहिले तपाई सम्पूर्णले सिन्दुर पोते फिल्म हेरेर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। चलचित्रमा नेपालका चलचित्र सदाबहार नायक राजेश हमाल अनि शारगां श्रेष्ठको मुख्य अभिनयलाई हेर्न सकिन्छ।

सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल को दोस्रो संस्करणको विजेता राम लिम्बुलाई म्यूजिक नेपालले रेकर्ड डील प्रदान गर्ने भएको छ । प्रमोद खरेलको टिमका सदस्य लिम्बुले भ्वाइस अफ नेपालको विजेता बने सँगै म्यूजिक नेपालले उहाँको एल्बम रेकर्डको अवसर प्रदान गर्दैछ ।

चर्चित गायक शिशिर योगीको नयाँ एल्वम शिशिरमा समावेश इतरी गीतको लिरीकल भिडियो सार्वजनीक भएको छ । केहि समय अघि विमोच नगरिएको एल्वम शिशिरमा समावेश इतरी बोलको गीतको लिरीकल भिडियो म्यूजिक नेपालले सार्वजनीक गरेको हो ।

स्वर सम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् । उहाँको स्मृति दिवसको अवसरमा दुई संगीतकर्मीलाई सम्मान गरिने भएको छ भने सुरमय गीत गंगा भवनको शिलान्यास पनि गरिने कार्यक्रम रहेको छ ।

नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायण गोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ।नेपाली सङ्गीत क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।उहाँको २९ औँ स्मृति दिवसको अवसरमा सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास , स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको छ । उहाँको इच्छानुसारको गीत गंगा भवन निर्माण हुन लागेको हो ।

चर्चित गायिका आस्था राउतको नयाँ गीत नाकैमा फुलीले निक्कै चर्चा कमाइ रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नुभएकी राउतको सवै जसो गीतहरु सफल मानिन्छन् ।पहिलो एल्बम आधारको सफलता पछि दोस्रो एल्बम आधार भाग २ का गीतहरु बजारमा आए सँगै चर्चाको शिखरमा छन् । जस मध्ये नाकैमा फुली बोलको गीतको म्यूजिक भिडियो युट्युव ट्रेन्डिङको ८ नम्वरमा पर्न सफल भएको छ ।

चर्चित गायिका आस्था राउतको आधार भाग २ एल्बम सार्वजनिक भएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहिबार नेपाल म्यूजिक सेन्टर पिङ्लास्थानमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित आस्था राउतको नयाँ एल्वम आधार भाग २ आज विमोचन हुँदैछ । म्यूजिक नेपालको प्रस्तुती रहेको एल्वमको आज दिउसो म्यूजिक नेपालले एक कार्यक्रम गरेर विमोचन गर्न लागिएको हो । आस्था राउतको एकल स्वर रहेको एल्वममा ७ वटा गीतहरु समावेश छन् ,जसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा शब्द रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नु भएकी आस्था राउत एक सफल गायिकाको रुपमा परिचित हुनुहुन्छ । सालको पात टपरी गाँसेरको रिमिक्स गाएपछि चर्चामा आउनुभएकी उहाँका ‘चौबन्दीमा पटुकी , ‘झुम्के बुलाकी जस्ता गीत चर्चित छन् । नेपालकी युवा पप गायिकाको रुपमा चर्चित राउतले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाउनु भएको छ र राउतको दोस्रो एल्बम आधार भाग २ केहि दिनमा बजारमा आउँदै छ ।उहाको पहिलो एल्बम आधारले ठूलो सफलता पाएको थियो ।

राजेश पायल राई नेपाली संगीत क्षेत्रको बहुचर्चित र लोक प्रिय नाम हो । उहाँले आधुनिक, लोक, पप सबै खालका गीत , अनेकौं भाषामा गाउनु भएको छ।‘राई इज किङ्ग ’को नामले पनि चिनिने राजेश नेपाल भन्दा बढी विदेशका मञ्चहरुमा देखिनु हुन्छ ।

वरिष्ठ गीतकार एवं सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आधार भाग २ बजारमा आउँदै छ । आधार भाग १ को सफलतापछि, अधिकारीको एल्बम आधार भाग २ म्यूजिक नेपाल मार्फत बजारमा आउन लागेको हो । आधार भाग २ मा चर्चित गायिका आस्था राउतको एकल स्वर रहेको छ भने एउटा गीतमा राउतकी आमा सावित्री राउतको शब्द समावेश छ ।

36 MN Day-News The Himalayan Times

आधार भाग १ को सफलता पछि म्यूजिक नेपालले लिएर आउदैछ , आस्था राउतको नयाँ एल्वम आधार भाग २ । एल्वममा समावेश गीतहरुमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको शब्द अनि सङ्गीत रहेको छ ।

चर्चित गायक विवेक श्रेष्ठले, घैया धान बोलको नयाँ गीत लिएर आएका छन् । निक्केनै लोकप्रिय ब्याण्ड कन्दराका गायक श्रेष्ठ र नव गायिका जिना रसाइलीको स्वर रहेको घैया धान बोलको गीतको म्यूजिक भिडियो समेत निर्माण भइसकेको छ ।

नेपाली सुगम संगीतका सदावहार गायक दिपक लिम्बुको नयाँ गीत म्यूजिक नेपालले ल्याउदैछ । आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको अरुले मेरो बोलको गीत केहि दिनमा बजारमा आउन लागको हो । जुन गीत समय नामक एल्बममा रहेको छ ।

झण्डै तीन दशक देखि सञ्चालीत म्यूजिक नेपालको रेकर्डिङ स्टुडियोले लाखौ गीतहरु रेकर्ड गराएको छ । चर्चित तथा लोकप्रिय गायक गायिकाहरुको स्वरलाई रेकर्ड गराउदै आएको म्यूजिक नेपालको स्टुडियोले अझै पनि कैयौ सुपरहिट गीतहरुको सिर्जना गर्दै आइरहेको छ ।

नेपाली सुगम संगीतका लोक प्रिय गायक राम कृष्ण ढकालको नयाँ गीत बजारमा आउँदैछ । म्यूजिक नेपालको प्रस्तुती रहेको समय नामक एल्बममा समावेश बैँशालु व्यथा बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो ।

लोकप्रिय गायक यम बरालको नयाँ गीत बजारमा आउँदै छ । आलोक श्री को सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको नाता कुनैमा बोलको गीत केहि दिनमा म्यूजिक नेपाल मार्फत आउन लागेको हो ।

म्यूजिक नेपालको प्रस्तुतीमा समय एल्बममा रहेको भैगो मलाई बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो । आलोक श्रीको सङ्गीत र एस पी कोइरालाको शब्द अनि अन्जु पन्तको स्वरमा रहेको गीतलाई म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो ।

आस्थाको महापर्व छठ पर्व आज देखि सुरु भएको छ। छठ अन्तर्गत आज पहिलो दिन नहायखाय विधि गरिन्छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्ति पूर्वक मनाइन्छ ।यसका लागि कात्तिक शुक्ल पक्ष लाग्ने बित्तिकै श्रद्धालुव्रतालुले सात्विक भोजन गर्छन्र विशेष यो पर्वको वेला दाल, तरकारी र साग पात आदि खाँदैनन् ।

कवि तथा गीतकार एसपी कोइरालाको नयाँ एल्बम समय केहि दिनमा सार्वजनिक हुदैँछ । आलोक श्रीको सङ्गीत अनि विभिन्न चर्चित गायक गायिकाको स्वर रहेको एल्वमका सवै गीतहरु एसपी कोइरालाको एकल शब्दले भरिएका छन् ।

आजधनतेरस, विशेषतः सुन चाँदी वा धातुका सामग्री किन्नका लागि शुभ मानिन्छ । आयुर्वेदका भगवान धनवन्तरीको सम्झनामा यो धनवन्तरी दिवस मनाइन्छ । समुद्र मन्थनबाट धनवन्तरीको उत्पत्ति भएको मान्यता छ ।

तिहार उज्यालोको साथसाथै सांगीतिक चाड पनि हो।देउसी र भैलो भाका यसका विशेषता हुन्। यी भाकामा थुप्रै गीत बनेका छन्।तिहार माथि बनेका सदावहार गीतहरू के–कस्ता छन्भन्नेबारे अनविज्ञ हुनुहुन्छ भने म्यूजिक नेपालको युट्यूव च्यानलमा अडियो जुकबक्स र एप्मा हेर्न र सुन्न सक्नुहुनेछ ।

प्रेमध्वज प्रधान मखमली आवाजका धनी, प्रसिद्ध नेपाली गायक हुन् । आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने र हेर्ने गरिन्छ ।

चर्चित सङ्गीतकार आलोक श्रीको नयाँ एल्बम समय बजारमा आउँदैछ। म्यूजिक नेपालको प्रस्तुती रहेको यो एल्बममा १३ वटा गीतहरु छन्, जसमा एसपी कोइरालाको एकल शब्द रहेको छ।

कुनै समय नेपाली चलचित्रमा एकछत्तराज गर्ने वरिष्ठ सङ्गीतकार रन्जित गजमेर अहिले नेपाल यात्रा सकेर मुम्बई फर्किसक्नुभएको छ। आर डी वर्मनसँग सहकार्य गर्नुभएका मेलोडियस’ गजमेरको पछिल्लो समय म्यूजिक नेपालबाट प्रकाशित एल्मब ‘कृति’मा पुरानै लोक भाकाको जगमा उभिएर लय उमारेको हेर्न अनि सुन्न पाइन्छ।

नेपालकी वरिष्ठ गायिका मीरा राणाको नयाँ साँङ्गीतीक कोसेली म्यूजिक नेपालबाट बजारमा आउँदैछ।

आधार भाग २ चर्चित गायिका आस्था राउतको नयाँ एल्वम आधार भाग २ छिट्टै नै बजारमा आउँदै छ । म्यूजिक नेपालको प्रस्तुती रहेको यो एल्वम कात्र्तिक ७ गते सार्वजनीक गरिने कार्यक्रम रहेको छ । एल्वममा ७ वटा गीतहरु समावेश छन् , जसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा शब्द रहेको छ । यो एल्बमको भने एउटा गीतमा आस्था राउतको आमा सावीत्री राउतको शब्द रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरीद्वारा लिखित कोही बाँच्छन् काँडाबीच’र ‘निर्दयी रैछौ’ गीत सार्वजनिक भएको छ।

चर्चित गायक विधान श्रेष्ठको साँघुरीको डाँडैडाँडा बोलको गीत सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुती रहेको गीतलाई एलपी जोशीले संकलन तथा परिमार्जन गर्नुभएको हो ।

विगत केही समयदेखि म्यूजिक नेपालको यूट्युब च्यानलमा राखिएका गीत तथा भिडियोबारे फेसबुक आदि सामाजिक सञ्जालमार्फत स्रष्टा–कलाकारका बेलाबेलामा हुने नकारात्मक टिप्पणीबारे हाम्रो ध्यानाकर्षण भएको छ

नेपाली साङ्गीतीक क्षेत्रका चर्चित एवं वरिष्ठ सङ्गीतकार शक्ति बल्लभको गीति संग्रह आफ्नै आउँ फर्कि आएँ सार्वजनिक भएको छ ।

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक, चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको चन्द्रकोटकी नानी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुती रहेको भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईको अभिनय हेर्न सकिन्छ । साथै प्रसन्न पौडेलले निर्देशन गरेको म्यूजिक भिडियो पोखरा अनि काठमाण्डौमा सुटिङ गरिएको विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

३५ वर्षअघिदेखि नेपाली गीत–संगीतको क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था हो, म्युजिक नेपाल । म्युजिक नेपालले नेपाली गीत–संगीतका लागि गर्दै आएका विभिन्न कामको सूचीमा फेरि थपिएको छ, ‘नेपाल अन डिमान्ड’ एप । सूचना–प्रविधिको युगमा सुहाउँदो काम गर्न र विश्वमा छरिएर रहेका नेपालीमाझ नेपाली कला, संस्कृति र सिनेमा पुर्‍याउनका लागि म्युजिक नेपालले यो नवीनतम एप थालनी गरेको म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा बताउँछन् । प्रस्तुत छ, अध्यक्ष शर्मासँग गरिएको कुराकानीको सारसंक्षेप

नेपाल अन डिमाण्ड एप एन्ड्रोइड फोनहरुको लागि उपलब्ध भइसकेको छ भने आइओस भर्सनमा केहि दिनभित्रै उपलब्ध गराउने तयारी छ ।

Education Must For Music Industry's Growth

कुशुम गजमेरको शब्द अनि नव गायिका आशा स्वरुपाको स्वर रहेको एल्बम कृतिमा पुरानै लोकभाकालाई सुन्न सकिन्छ । साथै चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको स्वरमा रहेका गीतहरु पनि यस एल्वममा समावेश छन्।

संगीतले पनि हामीलाई विश्वमा चिनाउन सक्छ

Music Nepal takes Nepali music worldwide with digital marketing

Under the Industry Act of the Government of Nepal in 1982, Music Nepal Pvt. Ltd began its journey as the pioneering private music company in Nepal with a capital of two hundred thousand rupees...

The Kathamandu Post Friday, January 9, 1998 We often hear politicians describe creators as jewels of a nation. And very rightly so. It is another matter that they do very...

The four day long festival, November 5 to 8, 2008, celebrated the 100 years of Nepali music recording and 25 years of commercialization of Nepali music through the establishment of Music Nepal...

डिजिटाइज्ड म्युजिक

Music ATM offers variety of songs, music videos, short films and full films that the consumers can store in USB Drive, Mobile Phones, SD card and CD

विदेशबाट कमाउँदै छन् नेपाली गीतले

Interview: Mr. Santosh Sharma

Music Nepal's step towards promoting formal music education in Nepal.

Music Industry in Nepal

Santosh Sharma, has singularly contributed to the establishment of a dynamic Nepalese Music Industry. May 1997 Studio System Magazine

म्यूजिक नेपालको संक्षिप्त विवरण एक दशक