नेपाली कथानक चलचित्र चिनोको बहुचर्चित गीत मोहनी लाग्ला हैको नयाँ भर्सन म्यूजिक नेपालमा सुन्न सक्नुहुनेछ।

मोहनी लाग्ला है को नयाँ एचडी भर्सन अव म्यूजिक नेपालको युट्युव च्यानलमा सुन्न सक्नुहुनेछ।स्वर सम्राट नारायण गोपाल र चर्चित गायिका आशा भोस्लेको स्वरमा रहेको यो गीतमा रञ्जीत गजमेरको सङ्गीत रहेको छ भने शब्द कुसुम गजमेरको छ।

संगीतकार गजमेरले नारायण गोपालसँग धेरै ओटा गीतमा काम गर्नुभएको छ।लाहुरे चलचित्रको पहाडको माथी माथी घुम्दै उडेर, वीरताको चिनो, यस्तै चिनो चलचित्रको तिम्रो मनमा लुकेको कुरा, मोहनी लाग्ला है, जन्मिएर कोखमा कसैको यस्तै जीन्दगानी गोरेटोमा घाम छाँया हो बोलको गीत कोशेली चलचित्रको लागि र दक्षिणा चलचित्रको यो मुटुलाई कसरी सम्झाई बुझाउ लगायत रहेको छ।

यसै गरि आशा भोस्लेले यो हो मेरो प्राण भन्दा प्यारो माइती घर, म प्यार बेचि दिन्छु, गैरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथि माथि,लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीत सङ्गीतमा ठूलो योगदान दिनु भएको छ ।

Sunday, December 22, 2019