चर्चित गायक विवेक श्रेष्ठले, घैया धान  बोलको नयाँ गीत लिएर आएका छन् ।

निक्केनै लोकप्रिय ब्याण्ड कन्दराका गायक श्रेष्ठ र नव गायिका जिना रसाइलीको स्वर रहेको घैया धान  बोलको गीतको म्यूजिक भिडियो समेत निर्माण भइसकेको छ ।

घैया धान  बोलको गीत समय  नामक एल्बममा समावेश छ , जसमा आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ ।

एल्बममा समावेश अन्य गीतहरु भने यहि शुक्रबार देखि बजारमा आउँदैछन् ।

जिना रसाइलीको पहिलो साङ्गीतीक सहकार्य हो यस गीतमा ।

झन्दै २७ वर्ष देखि साङ्गीतीक क्षेत्रमा आवद्ध श्रेष्ठले ६ ओटा हिट एल्बम दिइसकेका छन् , यस अघि चन्द्कोटकी नानी  बोलको गीत म्यूजिक नेपालको प्रस्तुतीमा बजारमा आएको थियो ।उक्त गीतहरु हेर्नका लागि म्यूजिक नेपालको युट्युवमा जानुहोला ।

Saturday, November 9, 2019