|
म्यूजिक नेपाल डिजिटल प्लेटर्फम अर्न्तर्गत विभिन्न पार्टनर कम्पनीहरुका चर्चित गीतहरुका डिभिडि संग्रहका गीतहरु खाडी मुलकमध्ये युएई र कतारलाई मध्यनजर गर्दै अब मलशिया र कोरियामा चि अनुसारको रिङटोनहरु राख्न सकिने सुविधालाई प्रचार प्रसारको अभियानमा नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढा र नेपाल संगीत उद्योगकै कोषाध्यक्ष हिराबहादुर केसी दुबईमा आउंदै हुनुन्छ । नेपाल संगीत उद्योग संघको बिशेष पहलमा विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै भाषा र आफ्नै चाहना अनुसारका गीतहरुको माध्यमबाट आफ्नो मोबाइलमा कैद गर्न सकिने सुविधा थ्प गरेको छ भने युएई स्थित "डू" मोबाईल कम्पनीको सहयोगबाट रिङटोनको रुपमा डाउनलोड गर्न समिने प्रावधान गरेको छ । खासगरी युएईका नेपालीहरुलाई यो सुविधा लाभदायक र छिटोछरिटो हुन सक्ने भएको छ । नेपाली भ्यूजुअल डिभिडि "नेपालको चिनो" सांगीतिक सम्झना भाग। २ लगभग ६० वटाभन्दा बढि नेपाली चर्चित गीतहरु रहेको द्धारा नेपाली गीतहरु मोबाइलमा आफ्नो रु डिभिडिहरु युएई सबै प्रान्तमा निःशुल्क बाढीदिने योजना समेत रहेको कोषाध्यक्ष केसीले बताउनु भयो । एक हप्तासम्म दुबईमा रहेर एक हजारभन्दा बढि नेपाली भ्यूजुअल रहेको डिभिडि र गीतलाई "डू" मोबाईलमा डाउनलोड गर्ने विधि रहेको क्याटालग वितरण गरिने भएको छ । यो भन्दा ३ महिना अगाडि पनि वहांहरु "नेपालको चिनो" सांगीतिक सम्झना भाग. १ को डिभिडि निःशुल्क वितरणको लागि दुबईमा आउनु भएको थियो । उहांहरुको यस अभियानले विश्वमा छरिएर रहेका प्रवासी नेपालीहरुले आफ्नै भाषाका रिङटोनहरु प्रयोग जर्न सकिने सुविधाका साथ नेपाली संस्कृति र नेपाली संगीतको पनि उत्थान हुने बताएका छन् ।
Source:: Thursday, 03 May 2012 17:32 - BRUSSEL NEPAL
|