Subtotal: $.   0

दस वर्षपछि कर्णदासले ल्याए ‘एउटा नयाँ आशा’

Blog
गायक तथा संगीतकार कर्णदासले दस वर्षपछि ‘एउटा नयाँ आशा’ सार्वजनिक गरेका छन्। शुक्रबार राजधानीमा कर्णदासकी आमा रत्नदेवी दासले छोराको एल्बम लोकार्पण गरिन्। जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा, ठूला–ठूला महल होइनजस्ता गीतबाट चर्चित गायक नेपालमा लोकप्रियताको शिखरमा रहँदारहँदै अमेरिका भास्सिएका थिए। करिब एक दशक अमेरिका बसाइपछि उनी गत वर्ष नेपाल फर्किएका हुन्। यसअघि व्यर्थै फेरि, पुरानो डुंगा, आधा सपना, प्रीतलगायत एल्बम सार्वजनिक गरेका कर्णदासको नयाँ एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो। सांगीतिक क्षेत्रमा नयाँ आशासहितको पुनरागमन भएको अर्थमा एल्बमको नाम एउटा नयाँ आशा राखिएको कर्णदास जनाएका छन्।

Related News Articles